स्वास्थ्य बीमा बोर्डको ‘कार्यकारी निर्देशक’ सिफारिस गर्न सर्च कमिटि गठन

0
Shares

काठमाडौँ, १६ साउन । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटि गठन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार लोक सेवा आयोगको अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन गरेको हो ।

समितिका अन्य सदस्यहरुमा डा सुरेश तिवारी र मन्त्रालय सचिव लक्ष्मण अर्याल छन् ।

खुल्ला प्रतिस्पर्धाबाट छनौट हुने कार्यकारी निर्देशक पदका लागि यो कमिटिले तीन जनाको नाम सिफारिस गर्ने र मन्त्रिपरिषद्ले त्यसबाट एक जनालाई कार्यकारी निर्देशकमा छनौट गर्ने गर्दछ ।

बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले गत १७ असारमा राजिनामा दिएपछि सो पद रिक्त छ । उनको राजिनामा २५ असारमा बसेको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो ।

अहिले बोर्ड निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी स्वास्थ्य मन्त्रालयका सहसचिव डा राधिका थपलियाले पाएकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *