डाक्टर, सेना, प्रहरी र कैदी सहित ३४ जनामा कोराना संक्रमण

0
Shares

वीरगञ्ज, १४ साउन । वीरगञ्जमा थप ३४ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ । नारायणी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आज थप ३४ जनामा संक्रमण देखिएको हो ।

नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार संक्रमितहको उमेर २ देखि ६५ बर्ष उमेर समूहको छ । उनले संक्रमण देखिएका ३४ जनामध्ये १० जना महिला भएको जानकारी दिए । यस्तै सातवर्ष मुनिका संक्रमित बालबालिकाको संख्या ५ रहेको बताए ।

बुधबारको परीक्षणमा एक जना नेपाली सेना, तीन जना जना प्रहरी र छ जना कैदीवन्दीमा समेत कोरोना देखिएको छ । कारागारका दुई जना कारागारका कर्मचारीमा पनि संक्रमण देखिएको छ । डा उपाध्यायले नारायणी अस्पतालकै एक जना चिकित्सकलाई समेत संक्रमण देखिएको बताए ।

कोभिड -१९ अस्थायी अस्पतालका संयोजक डा उदयनारायण सिंहका अनुसार संक्रमितहरु कोही कन्ट्याक टेसिङबाट भेटिएका र कोही सशुल्क परीक्षण गराउँदा भेटिएकाहरु हुन् ।

मेसु डा उपाध्यायले ५० बेडको कोभिड १९ अस्थायी अस्पतालमा अहिले ६३ जना राखिएको र त्यसमध्ये ५ जना आइसीयूमा रहेको जानकारी दिए । आइसीयूमा रहेका एक जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

डा उपाध्यायले अस्पतालमा क्षमता नभएपछि पछिल्लो तीन दिन यता कुनै पनि संक्रमितलाई अस्पतालमा राख्न नसकिएको समेत जानकारी दिए । उनले भने,’ ‘हिजो मात्रै ५२ जना आज ३४ जना गरी ८६ जना त अस्पताल बाहिर नै रहेका छन् । अस्तीको समेत संख्या जोडदा त्यो संख्या अझ बढछ ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *