स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा डा. मोहनकृष्ण श्रेष्ठ नियुक्त
काठमाडौँ, १२ साउन । सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषदको रिक्त अध्यक्ष पदमा डा मोहन कृष्ण श्रेष्ठलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको प्रस्तावलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले सहमति जनाउँदै डा श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट एमपीएच पीएचडी गरेका श्रेष्ठ नेपाल राष्टिय जनस्वास्थ्य संघको केन्द्रीय अध्यक्ष हुन् ।
उनी तीलगंगा आँखा अस्पतालमा व्यवस्थापकको रुपमा समेत कार्यरत छन् । परिषद् अध्यक्षको कार्यकाल तीनबर्षको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



