स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा डा. मोहनकृष्ण श्रेष्ठ नियुक्त

काठमाडौँ, १२ साउन । सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषदको रिक्त अध्यक्ष पदमा डा मोहन कृष्ण श्रेष्ठलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको प्रस्तावलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले सहमति जनाउँदै डा श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट एमपीएच पीएचडी गरेका श्रेष्ठ नेपाल राष्टिय जनस्वास्थ्य संघको केन्द्रीय अध्यक्ष हुन् ।

उनी तीलगंगा आँखा अस्पतालमा व्यवस्थापकको रुपमा समेत कार्यरत छन् । परिषद् अध्यक्षको कार्यकाल तीनबर्षको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *