कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा मृत्यु

0
Shares

धरान, ७ साउन । कोरोना संक्रमण समेत देखिएका एक जना ६४ बर्षीय पुरुषको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर रोगको उपचार गराईरहेका महोत्तरी गाँउपालिका महोत्तरीका ६४ बर्षीय पुरुषमा मंगलबार कोराना संक्रमण पुष्टि भएको थियो ।

उनको मंगलबार नै मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रजिअ कटुवालका अनुसार मृत्यु भएका पुरुष क्यान्सरको चौथो स्टेजको बिरामी थिए । केही समय अघि मात्रै उनी भारत घर भएकी आफनो छोरीलाई भेटेर फर्केका थिए ।

‘सोमबार उनको नमूना संकलन गरिएको थियो । मंगलबार रिपोर्ट आयो तर उनको सोही दिन नै मृत्यु भयो,’ प्रजिअ कटुवालले भने ।

यो सँगै प्रदेश नं २ कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।

यसअघि बारा र रौतहटमा दुई दुई जना र सप्तरी र पर्सामा एक(एक जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *