स्वास्थ्य बीमा कार्यक्रममा ३२ प्रतिशतले नविकरण गरेनन्

काठमाडौँ, ४ साउन । सरकारको मुख्य प्राथमिकतामा रहेको भनिएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितामा प्रश्न उठेको छ । एक बर्षको अन्तरमा झण्डै एक तिहाई अर्थात ३२ प्रतिशतले कार्यक्रममा नविकरण नगरेपछि प्रभावकारितामा प्रश्न उठेको हो ।

महालेखापरीक्षकको ५७ औँ प्रतिवेदनले गत वर्ष १५ लाख ५० हजार ६८२ जना आवद्ध भएकामध्ये १० लाख ५१ हजार ५२१ जनाले मात्र यो बर्ष कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गरेको छ ।

महालेखाले एक बर्षमा ३२.१८ प्रतिशतले नविकरण गर्नेको संख्यामा कमि आएपछि वीमा कार्यक्रममा सहभागी हुनेहरुमा आकर्षण घटेको निस्कर्ष निकालेको छ ।

दीगोपना कसरी हुन्छ ?
महालेखाले सर्वसाधारणको योगदानमा आधारित यो कार्यक्रमको दिगोपनालागि सरकारले जोखिम पहिचान गरी निराकरणका उपाय अपनाउनुपर्नेमा त्यसो गरेको नदेखिएको बताएको छ ।

वीमा योजनामा यो बर्षमा कार्यक्रममा निरन्तर रहने १६ लाख ८६ हजार सहभागीबाट १ अर्व ३९ करोड ८० लाख २० हजार बीमा शुल्क प्राप्त भएकोमा २२ हजार २२८ जनाले स्वास्थ्य सेवा लिँदा रु २ अर्व १३ करोड ६ लाख ९० हजार सोधभर्ना गर्नुपरेको उल्लेख गरेको छ ।

महालेखाले स्वास्थ्य बीमा कार्यक्रममा संकलित वीमा शुल्क र सेवाग्राहीलाई दिइएको रकमबीच ठूलो अन्तर रहेकोले कार्यक्रमको दिगो पनामा समस्या आउनसक्ने संकेत गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *