गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित


काठमाडौँ, ३१असार । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये ५ जिल्लाका १ जना महिला र १९ जना पुरुष रहेका छन् ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २२८ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९२५ पुगेको छ ।

जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *