दुई निजी अस्पतालका तीन जना नर्समा कोरोना संक्रमण

0
Shares

ललिलपुर, १८ असार । दुई निजी अस्पतालका तीन जना नर्समा कोरोना संक्रमण देखिएको छ । बुधबार परीक्षणको क्रममा उनीहरुमा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार जाउलाखेलस्थित अल्का अस्पतालका दुई जना नर्समा कोरोना संक्रमण देखिएको छ । उता हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको एक जना नर्समा पनि कोरोना संक्रमण देखिएको हो । डा गेलालले अल्का अस्पतालको आइसीयूमा उपचाररत एक जना विरामीमा पनि संक्रमण भएको बताए ।

दुबै अस्पतालका संक्रमित नर्सलाई आइसोलेसनमा राखिएको र अस्पताललाई डिस इन्फेक्सन गरी सेवा सूचारु गरिएको जानकारी आएको समेत उनले बताए । पछिल्ला दिनहरुमा उपत्यकामा संक्रमण दर बढेको छ । खासगरी स्वास्थ्यकर्मी र अस्पतालमा उपचारका लागि पुगेका विरामीहरुमा संक्रमण देखिएको छ ।

यसअघि मेडिसीटीमा उपचारका लागि गएका एक जना दुई बर्षको बालकमा पनि संक्रमण देखिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *