हुम्लामा सातामै १० को मृत्यु

392
Shares

humlaहुम्ला – एक साता देखि फैलिएको अज्ञात रोगका कारण हुम्लाका एकै घरका तीन सहित १४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याँडा – ५ का भजने रोकाया र भ्याल्नी रोकाया, स्याँडा ४ की लामती बुढा, भद्रबीर बुढा, ढोली बुढा र धनराज बुढा भएकोे स्थानीय छक्क बहादुर बुढाले बताए । उनका अनुसार मृत्यु हुनेमा १९ देखि ७२ बर्षसम्मका छन् ।

त्यस्तै राया गाविसमा  सिरे रावल, उनकी श्रीमती लाटी रावल, जस रावल र उनकी श्रीमती चिनकली रावल, विष्णु रावल रिउली रावल, सर्वजित रावलको मृत्यु भएको रायाका पूर्व गाविस अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।

यो रोग लागेपछि सुरुमा नाक कान थुनिएको जस्तो हुँने, ज्वरो आँउने र विस्तारै खाँन मन नलाग्ने गरेको पिडीतहरु बताउछन् । रोग ती दुई गाविसमा गत ७ बैशाख देखि फैलिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत नरेशबाबु श्रेष्ठले राया र स्याँडामा औषधीसहितको स्वास्थ्यकर्मीको टोली पठाइसकेको बताए ।

  • आजको नयाँ पत्रिका दैनिकमा नवराज महताराको समाचार
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *