पछिल्लो चौविस घण्टामा देशभर थपिए ३८०जना कोरोना संक्रमित

काठमाडौँ, २ असार । पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लाका थप ३८० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३८० जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु पोखरा, पर्सा,, ललितपुर, बारा, महोत्तरी सुनसरी, झापा, पाँचथर , सिराहा जनकपुर दैलेख, सुर्खेत, कैलाली, बाँके, बर्दिया, सप्तरी,अर्घाखाँचीमा, रोल्पा रोतहट नवलपरासीपूर्व,घनुषा , सल्यान रुपन्देही, लगायतका ७३ जिल्ला रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ।
कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



