कर्णालीमा थपिए २० जना नयाँ संक्रमित

0
Shares

कर्णालीमा थपिए २० जना नयाँ संक्रमित
काठमाडौँ, २७ जेठ । कर्णाली प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा २ जना र प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा थप १६ र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २ गरी २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेत, सल्यान र जुम्ला गरी तीन जिल्लाका २० जना थप नयाँ संक्रमण देखिएको हो ।

कुल २० मध्ये १७ जना पुरुष हुन भने महिलाको संख्या ३ रहेको छ । यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको छ ।

त्यसैगरी अहिलेसम्म निको हुनेको संख्या ११ रहेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *