कोरोना अपडेट : गण्डकीमा थपिए १७ जना नयाँ संक्रमित

0
Shares

पोखरा, २४ जेठ । गण्डकी प्रदेशमा शनिबार विहान थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश प्रदेश स्वास्थ्य निर्देशनालयले विहान ५ : ४० बजे गरेको ‘कोरोना अपडेट’मा सो जानकारी दिइएको हो ।

निर्देशनालयका निर्देशक  डा. विनोदविन्दु शर्माका अनुसार स्याङजाको वालिङ नगरपालिकामा ८ जना,  हरिनास गाँउपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बागलुङको ताराखोला गाँउपालिकामा एक, कास्कीको रुपा गाँउपालिकामा २ जना र पोखरा महानगरपालिकामा १ जनामा संक्रमण देखिएको हो ।

यसैगरी नवलपरासीको वर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाँउपालिका थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार थपिएका १७ जना सबै पुरुष हुन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितहरुको कुल संख्या ७५ पुगेको छ ।  डा शर्माले संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *