कोरोना अपडेट : गण्डकीमा थपिए १७ जना नयाँ संक्रमित
पोखरा, २४ जेठ । गण्डकी प्रदेशमा शनिबार विहान थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश प्रदेश स्वास्थ्य निर्देशनालयले विहान ५ : ४० बजे गरेको ‘कोरोना अपडेट’मा सो जानकारी दिइएको हो ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार स्याङजाको वालिङ नगरपालिकामा ८ जना, हरिनास गाँउपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै बागलुङको ताराखोला गाँउपालिकामा एक, कास्कीको रुपा गाँउपालिकामा २ जना र पोखरा महानगरपालिकामा १ जनामा संक्रमण देखिएको हो ।
यसैगरी नवलपरासीको वर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाँउपालिका थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार थपिएका १७ जना सबै पुरुष हुन् ।
यो संगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितहरुको कुल संख्या ७५ पुगेको छ । डा शर्माले संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]