प्राडा राजेन्द्र गुरागाईँ त्रिवि आईओएमको निमित्त डीनमा नियुक्त

0
Shares

काठमाडौँ, २३ जेठ ।  त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन् संस्थान् (आईओएम)को निमित्त डीनमा प्राडा राजेन्द्र गुरागाईँलाई नियुक्त गरेको छ ।

परिषद्को बिहीबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कार्यकारी अधिकार सहित निमित्त डीनको जिम्मेवारी प्राडा गुरागाईँलाई दिने निर्णय गरेको हो ।

प्राडा गुरागाईँ २०७५ भदौ २ गते देखि आईओएमको सहायक डीनको रुपमा कार्यरत थिए ।

आईओएमका डीन प्राडा जगदीश अग्रवालले उमेरहदका कारण अवकाश पाएपछि विहीबारबाट आईओएम डीन विहीन थियो । त्रिवि कार्यकारीले बिहीबार नै बैठक नयाँ डीनको सिफारिस गर्न सर्च कमिटि गठन गर्ने बताइएको थियो । तर सर्च कमिटि हिजो गठन हुन सकेन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *