मंगलबार कोरोना पुष्टि भएका पाल्पाका दुई जना रामपुरका

20
Shares

पाल्पा, २१ जेठ । मंगलबार कोरोना पुष्टि भएका पाल्पाका थप दुई जना व्यक्ति रामपुर नगरपालिका ४ मटेरी क्वारेन्टाइनमा रहेका खुलेको छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले रामपुर ४ मटेरीस्थित शहरी स्वास्थ्य केन्द्रका २३ र २८ बर्षका पुरुषमा संक्रमण देखिएको पुष्टि गरे ।

यो संगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । यसअघि रैनादेवी छहरा गाँउपालिकामा २, माथागढी गाँउपालिका बहादुरपुरमा १ र निस्दी गाँउपालिकाको सहलकोटमा २ गरी ५ जनामा संक्रमण भईसकेको थियो ।

पाल्पामा संक्रमण देखिएका सबैजना पछिल्लो पटक भारतबाट आएकाहरु हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *