मंगलबार कोरोना पुष्टि भएका पाल्पाका दुई जना रामपुरका
पाल्पा, २१ जेठ । मंगलबार कोरोना पुष्टि भएका पाल्पाका थप दुई जना व्यक्ति रामपुर नगरपालिका ४ मटेरी क्वारेन्टाइनमा रहेका खुलेको छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले रामपुर ४ मटेरीस्थित शहरी स्वास्थ्य केन्द्रका २३ र २८ बर्षका पुरुषमा संक्रमण देखिएको पुष्टि गरे ।
यो संगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । यसअघि रैनादेवी छहरा गाँउपालिकामा २, माथागढी गाँउपालिका बहादुरपुरमा १ र निस्दी गाँउपालिकाको सहलकोटमा २ गरी ५ जनामा संक्रमण भईसकेको थियो ।
पाल्पामा संक्रमण देखिएका सबैजना पछिल्लो पटक भारतबाट आएकाहरु हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]