रौतहटमा थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ७७९ पुग्यो
काठमाडौँ, १४ जेठ । रौतहटमा थप सात जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ । जिल्लाको गढीमाई नगरपालिका – ७ स्थित क्वारेन्टिनमा रहेका सात जना पुरुषमा संक्रमण देखिएको हो ।
हेटौंडास्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा रहेको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा बर्ष १७, १८, २०, २८, २७, २७ र २९ बर्षका पुरुषमा संक्रमण देखिएको स्रोतले बतायो ।
रौतहटको नयाँ केससंगै कुल संक्रमितको संख्या ७७९ पुगेको छ ।
यसअघि हिजो मात्रै देशमा थप ९० वटा केश देखिएको थियो । यो कोरोना संक्रमण शुरु भए यता नेपालमा एकै दिन देखिएको सबैभन्दा धेरै केश हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



