रौतहटमा थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ७७९ पुग्यो

काठमाडौँ, १४ जेठ । रौतहटमा थप सात जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ । जिल्लाको गढीमाई नगरपालिका – ७ स्थित क्वारेन्टिनमा रहेका सात जना पुरुषमा संक्रमण देखिएको हो ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा रहेको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा बर्ष १७, १८, २०, २८, २७, २७ र २९ बर्षका पुरुषमा संक्रमण देखिएको स्रोतले बतायो ।

रौतहटको नयाँ केससंगै कुल संक्रमितको संख्या ७७९ पुगेको छ ।

यसअघि हिजो मात्रै देशमा थप ९० वटा केश देखिएको थियो । यो कोरोना संक्रमण शुरु भए यता नेपालमा एकै दिन देखिएको सबैभन्दा धेरै केश हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *