कोरोना जितेर नारायणी अस्पतालबाट १८ जना डिस्चार्ज


वीरगञ्ज, १२ जेठ । कोरोना भाइरस (कोभिड – १९)का पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि नारायणी अस्पतालमा उपचाररत १८ जना गए राती डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै एकै परिवारका सदस्यहरु हुन् ।

गत २१ बैशाखमा वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एक युवकमा कोरोना संक्रमण भएपछि उनको परिवारको सदस्यहरुको समेत परीक्षण गरिएको थियो । त्यसक्रममा परिवारका अरु १७ जना सदस्यमा समेत संक्रमण देखिएको थियो ।

‘२४ बैशाखमा रिपोर्ट आएको थियो । त्यसबेला परिवारका ४ महिने शिशु देखि ६६ बर्षका बृद्धमा समेत संक्रमण देखिएको थियो,’ नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले भने ।

आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणी र गण्डक कोभिड अस्पतालमा गरी ७२ जना संक्रमित उपचाररत छन् । पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत छन् ।

आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ ।

यसअघि शनिबार पनि नाराणी अस्पतालबाट चार जना डिस्चार्ज भएका थिए । जसमध्ये एक जना भारतीय नागरिक थिए । उनीसँगै कोरोना परीक्षणका क्रममा पर्सामा संक्रमित देखा परेका तीन जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

यो डिस्चार्ज संगै देशभर कोरोना जितेर घर फर्कनेको संख्या १०५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *