थप तीन जनामा देखियो कोरोना संक्रमण, कुल संक्रमित २९५ पुग्यो

काठमाडौँ, ४ जेठ । आइतबार बेलुका थप तीन जनामा कोरोना भाइरस (कोभिड – १९) पोजेटिभ देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार धनकुटा निवासी ३४ बर्षीया महिला, विराटनगर निवासी २९ बर्षीया महिला र ३६ बर्षका पुरुष रहेका छन् । यो संगै कुल संक्रमितको संख्या २९५ पुगेको छ ।
डा. अधिकारीले संक्रमित तिनै जनाको स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



