थप तीन जनामा देखियो कोरोना संक्रमण, कुल संक्रमित २९५ पुग्यो

काठमाडौँ, ४ जेठ । आइतबार बेलुका थप तीन जनामा कोरोना भाइरस (कोभिड – १९) पोजेटिभ देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार धनकुटा निवासी ३४ बर्षीया महिला, विराटनगर निवासी २९ बर्षीया महिला र ३६ बर्षका पुरुष रहेका छन् । यो संगै कुल संक्रमितको संख्या २९५ पुगेको छ ।

डा. अधिकारीले संक्रमित तिनै जनाको स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *