भारतमा लकडाउन दुई साता थपियो

एजेन्सी । कोरोनाविरुद्ध जुधिरहेको भारतले जारी लकडाउन थप दुई साता लम्व्याउने निर्णय गरको छ ।

भारतको ‘न्यासनल डिजास्टर म्यानेजमेन्ट अथुरुटी (एनडीएमए)’ले आज सूचना जारी गर्दै लकडाउन ३१ मे सम्म लम्व्याउने निर्णय गरेको हो । यसअघि भारतले ३ मेमा सकिन लागेको लकडाउनलाई थप दुई साता बढाउँदै १७ मे सम्म पुरयाएको थियो ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण र मृत्यु हुने दर तिब्र गतिमा बढेको छ ।

भारतमा अहिलेसम्म ९० हजार ९२७ जनामा कोरोना संक्रमण देखिएको छ भने २ हजार ८७२ जनाको ज्यान गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *