पूर्वी नवलपरासीका एक जना पुरुषमा कोरोना संक्रमण, कुल संक्रमित २४६ पुग्यो

काठमाडौँ, १ जेठ । पूर्वी नवलपरासीका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा ४९ बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमित व्यक्ति देवचुली नगरपालिका १२ निवासी रहेको बताए । उनी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिए ।
मन्त्रालयको यो अध्यावधिक विवरण संगै देशभर संक्रमितको संख्या २४६ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



