पूर्वी नवलपरासीका एक जना पुरुषमा कोरोना संक्रमण, कुल संक्रमित २४६ पुग्यो

काठमाडौँ, १ जेठ । पूर्वी नवलपरासीका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा ४९ बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमित व्यक्ति देवचुली नगरपालिका १२ निवासी रहेको बताए । उनी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिए ।

मन्त्रालयको यो अध्यावधिक विवरण संगै देशभर संक्रमितको संख्या २४६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *