चीनद्धारा ४० हजार पीसीआर किट्स सहितको स्वास्थ्य सामग्री हस्तान्तरण

272
Shares

काठमाडौँ, २९ बैशाख । चीनले कोरोना भाइरस (कोभिड – १९) रोगविरुद्धको अभियानका लागि नेपाललाई उपलव्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज एक औपचारिक कार्यक्रम गरि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

चीनले आज उपलव्ध गराएको मेडिकल सामग्रीमा ४० हजार थान पीसीआर किट, २० हजार थान एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा र १० हजार थान डिस्पोजेबल कभरअल लगायतका छन् ।

सामान हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री ढकालले नेपाललाई अफ्टेरो परेको बेला चीनले गरेको यो सहयोग अमूल्य भएको बताए । उनले आपतका बेला छिमेकीले गरेको यो सहयोग अविस्मरणीय हुने समेत बताए ।

चिनियाँ राजदूत यान्छीले केही महिना अघि चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको स्मरण गर्दै अहिले नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले नेपालको संकटमा चीन सदैव साथ रहेको समेत उल्लेख गरिन् ।

हिमालय एयरलाइन्सबाट गत शुक्रबार र शनिबार गरी दुई लटमा गरी ल्याइएको ती सामग्री आज औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *