चीनद्धारा ४० हजार पीसीआर किट्स सहितको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, २९ बैशाख । चीनले कोरोना भाइरस (कोभिड – १९) रोगविरुद्धको अभियानका लागि नेपाललाई उपलव्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज एक औपचारिक कार्यक्रम गरि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

चीनले आज उपलव्ध गराएको मेडिकल सामग्रीमा ४० हजार थान पीसीआर किट, २० हजार थान एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा र १० हजार थान डिस्पोजेबल कभरअल लगायतका छन् ।

सामान हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री ढकालले नेपाललाई अफ्टेरो परेको बेला चीनले गरेको यो सहयोग अमूल्य भएको बताए । उनले आपतका बेला छिमेकीले गरेको यो सहयोग अविस्मरणीय हुने समेत बताए ।

चिनियाँ राजदूत यान्छीले केही महिना अघि चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको स्मरण गर्दै अहिले नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले नेपालको संकटमा चीन सदैव साथ रहेको समेत उल्लेख गरिन् ।

हिमालय एयरलाइन्सबाट गत शुक्रबार र शनिबार गरी दुई लटमा गरी ल्याइएको ती सामग्री आज औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *