कपिलवस्तुका २ जनामा कोरोना भाइरसको संक्रमण, कुल संक्रमितको संख्या १०१ पुग्यो
काठमाडौँ, २५ बैशाख । कपिलवस्तुमा दुई जनाका कोरोना भाइरस( कोभिड – १९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु ८ का बर्ष १६ र २२ का दुई जना पुरुषमा कोभिड – १९ पोजेटिभ देखिएको हो ।
उनीहरुको राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।
डा अधिकारीले संक्रमितहरुको अवस्था सामान्य रहेको र स्वास्थ्य कर्मीको निगरानीमा रहेको जानकारी दिए । .
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



