भारतमा लकडाउन १९ दिन थपियो
काठमाडौँ, २ वैशाख । कोरोना विरुद्धको लडाइका लागि भन्दै भारतले जारी लकडाउन १९ दिन थपेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सम्बोधन गर्दै जारी लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्मका लम्बिएको बताए ।
यसअघि भारतले जारी गरेको तीन साता लामो लकडाउन बुधबार (३ बैशाख)मा सकिदै थियो । मोदीले सम्वोधनका क्रममा २० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने बताएका छन् ।
भारतमा अहिलेसम्म कोरोनाबाट १० हजार बढी संक्रमित भेटिएको छ । ३५० भन्दा बढीको मृत्यु भईसकेको छ । भारतमा पछिल्लो २० दिनमा कोरोना संक्रमण १८ गुणाले बढेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



