कोरोना भाइरस देखिएको १०२ दिनमा विश्वभर १ लाख २ हजारको मृत्यु

660
Shares

एजेन्सी । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट १०२ दिनमा १ लाख २ हजार ७५२ जनाको ज्यान लिएको छ । यो अवधीमा भाइरसको संक्रमण १६ लाख ९८ हजार २७१ जनामा देखिएको छ । संक्रमणपछि उपचार गरी निको भएकाको संख्या ३ लाख ४१ हजार ५७९ जना पुगेको जोन हपकिन्स युनिभर्सिटीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण अहिलेसम्म संसारका १७७ मुलुकमा देखा परेको छ । पछिल्लो पटक संक्रमणमा पर्ने देश यमन बनेको छ ।
यो भाइरसको सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ । त्यहाँ अहिलेसम्म ५ लाख १ हजार ३०१ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

त्यसपछि स्पेनमा १ लाख ५८ हजार २७३, इटालीमा १लाख ४७ हजार ५७७ जना, फ्रान्समा १ लाख २५ हजार ९३१ जनामा, जर्मनीमा १ लाख २२ हजार १७१ जनामा र भाइरसको संक्रमण भएको मुलुक चीनमा ८२ हजार ९७६ जनामा देखिएको छ ।

यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी इटली १८ हजार ८४९ जना रहेको छ । दोस्रोमा अमेरिका १८ हजार ७४७ जनाको ज्यान गएको छ ।

संक्रमण फैलदै जाँदा विश्व स्वास्थ्य संगठनले लकडाउनलाई जारी राख्दै परीक्षणको दायरा बढाउन विश्व समुदायलाई आग्रह गरेको छ । उसले अहिले नै लकडाउन खोलिए परिमाण थप भयावह हुने चेतावनी दिएको छ ।

३१ डिसेम्वर २०१९ अर्थात अघिल्लो बर्षको अन्तिम दिन चीनको वुहान शहरमा यो भाइरस देखा परेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *