बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

148
Shares

एजेन्सी । कोरोना भाइरसको संक्रमणमा परी उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार भएको छ । उनलाई अहिले सघन उपचार कक्ष (आसीयू) बाट वार्डमा सारिएको छ तर उनी अस्पतालमै रहने डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका छन्।

‘नम्बर टेन’ भनेर चिनिने प्रधानमन्त्री कार्यालयले जोनसनलाई ‘बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहर’ले निकटमा रहेर निगरानी गर्ने’ जनाएको छ।

स्वास्थ्यमा सुधार
कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्‍याइएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।

उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो।

उनको स्वास्थ्य स्थितिमा ‘क्रमिक सुधार आएको’ र उपचारका क्रममा आफूले पाएको ‘उत्कृष्ट सेवा’ का लागि उनले एनएचएसलाई धन्यवाद दिएको प्रवक्ताले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *