तीन डाक्टर र ५१ जना नर्स सहित ५४ जनामा कोरोना देखिएपछि मुम्बईको अस्पताल गरियो सिल

1.8k
Shares

मुम्बई । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुम्वईमा अब अस्पताल पनि यो घातक रोगको चपेटामा परेको छ । मुम्बईको प्रसिद्ध वाक हार्ट अस्पतालमा कार्यरत ३ जना चिकित्सक सहित ५४ जना नर्सिङ स्टाफ कोरोना भाइरसको संक्रमणमा परेका छन् ।

ठूलो संख्यामा अस्पतालका चिकित्सक तथा नर्समा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले अस्पतालाई नै सिल गरिएको छ भने संक्रमित स्टाफहरुलाई सोही अस्पतालमै क्वारेन्टाइन गरी राखिएको छ ।

मुम्बईको मध्ये भागमा पर्ने यो अस्पतालमा हिजो ३ डाक्टर २३ नर्स सहित कुल २६ जनाको नमूना परीक्षण गर्दा पोजेटिभ पाइएको थियो । यस लगत्तै अस्पतालमा कार्यरत २७० जना व्यक्तिको नमूना लिएर परीक्षण गरिएको थियो । आज थप २८ जनामा संक्रमण देखिएको बताइएको छ ।
अहिलेसम्म महाराष्ट्रमा ८६८ जनामा कोरोना पोजेटिभ देखिएको छ । सो राज्यमा ५२ जनाको ज्यान गईसकेको छ । यो राज्यको सबैभन्दा प्रभावित क्षेत्र मुम्बई हो । जहाँ ५२६ जनामा संक्रमण देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *