स्वास्थ्यकर्मी ज्यू ! कोरानाबारे जथाभावि नबोल्नुस् है कडा कारवाहीमा पर्नुहोला

3.7k
Shares

काठमाडौँ, २१ पुस ।  स्वास्थ्य मन्त्रालयले निजी तथा सरकारी अस्पतालहरुबाट प्रदान गरिने कोरोना भाइरस (कोभिड – १९) तथा अन्य उपचार सेवामा बाधा पुग्ने गतिविधि नगर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई सचेत गराएको छ ।

मन्त्रालयले कोभिड – १९ तथा अन्य स्वास्थ्य सेवामा बाधा पुग्ने गरी गतिविधिमा लागेको पाइए भविस्यमा सरकारी सेवामा नियुक्ति हुन अयोग्य हुने तथा उनीहरुको पेशागत लाइसेन्स समेत खारेज हुने स्पष्ट पारेको छ ।

हालैका दिनमा कतिपय चिकित्सकहरुले कोभिड १९ को उपचार तथा जाँच पड्तालको प्रक्रियाका बारेमा जनतालाई भ्रम सिर्जना गर्ने खालका अभिव्यक्ति दिएका थिए । कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारमै जान खतरा भएको भन्दै अन्य स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने गतिविधिहरु गरेका थिए ।

स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा विहीबार बसेको बैठकले सबै स्वाथ्यकर्मीलाई उपचार सेवालाई सहज रुपमा अघि बढाउन समेत आग्रह गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *