स्वास्थ्यकर्मी ज्यू ! कोरानाबारे जथाभावि नबोल्नुस् है कडा कारवाहीमा पर्नुहोला

काठमाडौँ, २१ पुस ।  स्वास्थ्य मन्त्रालयले निजी तथा सरकारी अस्पतालहरुबाट प्रदान गरिने कोरोना भाइरस (कोभिड – १९) तथा अन्य उपचार सेवामा बाधा पुग्ने गतिविधि नगर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई सचेत गराएको छ ।

मन्त्रालयले कोभिड – १९ तथा अन्य स्वास्थ्य सेवामा बाधा पुग्ने गरी गतिविधिमा लागेको पाइए भविस्यमा सरकारी सेवामा नियुक्ति हुन अयोग्य हुने तथा उनीहरुको पेशागत लाइसेन्स समेत खारेज हुने स्पष्ट पारेको छ ।

हालैका दिनमा कतिपय चिकित्सकहरुले कोभिड १९ को उपचार तथा जाँच पड्तालको प्रक्रियाका बारेमा जनतालाई भ्रम सिर्जना गर्ने खालका अभिव्यक्ति दिएका थिए । कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारमै जान खतरा भएको भन्दै अन्य स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने गतिविधिहरु गरेका थिए ।

स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा विहीबार बसेको बैठकले सबै स्वाथ्यकर्मीलाई उपचार सेवालाई सहज रुपमा अघि बढाउन समेत आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *