पोखरामा कोरोना भाइरस पोजेटिभ भेटिएको छैन् : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, २१ चैत । पोखरामा कोरोना भाइरस (कोभिड१९) पोजेटिभ नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । केही सञ्चारमाध्यमहरुले पोखरामा परीक्षण गर्दा थप एक जनामा कोरोना भाइरस देखिएको भन्दै समाचार प्रकाशन गरेका थिए ।
शुक्रबारको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पोखरामा कोरोना भेटिएको भन्ने कुराको खण्डन गर्दै नयाँ केश नभेटिएको स्पष्ट पारे ।
नयाँ प्रयोगशाला भएको र शंकास्पद रिपोर्टलाई थप पुष्ट्यिाईका लागि राष्टिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षण हुने भएको भन्दै अहिलेसम्म थप नयाँ पोजेटिभ केश नदेखिएको बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



