पोखरामा कोरोना भाइरस पोजेटिभ भेटिएको छैन् : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २१ चैत । पोखरामा कोरोना भाइरस (कोभिड१९) पोजेटिभ नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । केही सञ्चारमाध्यमहरुले पोखरामा परीक्षण गर्दा थप एक जनामा कोरोना भाइरस देखिएको भन्दै समाचार प्रकाशन गरेका थिए ।

शुक्रबारको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पोखरामा कोरोना भेटिएको भन्ने कुराको खण्डन गर्दै नयाँ केश नभेटिएको स्पष्ट पारे ।

नयाँ प्रयोगशाला भएको र शंकास्पद रिपोर्टलाई थप पुष्ट्यिाईका लागि राष्टिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षण हुने भएको भन्दै अहिलेसम्म थप नयाँ पोजेटिभ केश नदेखिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *