नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या ६ पुग्यो
काठमाडौँ , २० चैत । नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड – १९ )संक्रमण देखिएको छ । यो छैटौँ केश हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार गरेको नियमित नियमित कोभिड – १९ अपडेटमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । उनका अनुसार गत ४ चैतमा दोहाबाट काठमाडौँ आएको QR-६५२ उडानमा यात्रारत एक जना महिलामा परीक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको हो ।
यसअघि यहि उडानबाट नेपाल आएका दुई जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
अरु तीन संक्रमित पुरुष भने फरक फरक उडानबाट नेपाल आएका थिए । ६ मध्ये १ जना निको भएर घर फर्किसकेका छन् ।
मन्त्रालयले यी महिला कहाँकी हुन् र कुन अस्पतालमा छन् कि घरमै बसेकी छन् भन्ने विवरण आईनसकेको बताएको छ ।
सम्पर्क इमेल : [email protected]