नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या ६ पुग्यो

2.5k
Shares

काठमाडौँ , २० चैत । नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड – १९ )संक्रमण देखिएको छ । यो छैटौँ केश हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार गरेको नियमित नियमित कोभिड – १९ अपडेटमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । उनका अनुसार  गत ४ चैतमा दोहाबाट काठमाडौँ आएको QR-६५२ उडानमा यात्रारत एक जना महिलामा परीक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको हो ।

यसअघि यहि उडानबाट नेपाल आएका दुई जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

अरु तीन संक्रमित पुरुष भने फरक फरक उडानबाट नेपाल आएका थिए । ६ मध्ये १ जना निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयले यी महिला कहाँकी हुन् र कुन अस्पतालमा छन् कि घरमै बसेकी छन् भन्ने विवरण आईनसकेको बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *