चीनबाट ३० मेट्रिक टन मेडिकल मेडिकल सामग्री ल्याइदै

300
Shares

काठमाडौँ, १५ चैत । सरकारले चीनबाट कोरोना भाइरस (कोभिड – १९)को परीक्षण तथा उपचारमा प्रयोग हुने करीब ३० मेट्रिक टन मेडिकल सामग्री ल्याउने भएको छ । स्वास्थ्य मन्त्रालय र निजी क्षेत्रबाट अनुदान तथा खरीद गरिएका सो परिमाणको मेडिकल सामग्रीहरु ल्याउन लागिएको हो ।

सामान लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चिनको ग्वान्जाओ जाने भएको छ। दिँउसो १२: ३० मा जहाज त्यसतर्फ प्रस्थान गर्ने तालिका रहेको छ।

पर्यटन सचिव केदारबहादुर अधिकारीले मन्त्रालय र निजी क्षेत्रको अर्डर अनुसार ३० मेट्रिक टन मेडिकल सामग्री ल्याउनुपर्ने भनिएपछि वाइडबडी जहाज पठाउन लागिएको बताए । उनले जहाज सामान लिएर विमान आजै राती साढे १० बजेसम्म फर्किने जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले चीनबाट सामान आएपछि चार सातासम्मका लागि सामग्री अभाव नहुने अनुमान रहेको बताए ।

परराष्ट्र मन्त्रालयको सहयोगमा भारत, बंगलादेश‚ म्यानमार र चीनको अनुमतिमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको गोन्जाओ लैजान लागिएको नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

उक्त विमानमा चालक दलका सदस्य मात्रै हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *