अमेरिकामा कोरोना भाइरसको संक्रमण १ लाख १ हजार भन्दा बढी

एजेन्सी । अमेरिकामा कोराना भाइरस (कोभिड -१९)बाट संक्रमित हुनेको संख्या १ लाख १ हजार २४२ पुगेको छ । सो भाइरसबाट अहिलेसम्म १ हजार ५८८ जनाको मृत्यु भएको छ ।
आज मात्रै ४०२ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । कोरोना भाइरसबाट अमेरिकामा एकैदिनमा भएको यो मृत्युसंख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । हिजो २५३ जनाको मृत्यु भएको थियो ।
यो भाइरसबाट अमेरिकाको ५० वटै राज्यमा फैलिएको सीएनएनको रिपोर्टमा उल्लेख छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



