अमेरिकामा कोरोना भाइरसको संक्रमण १ लाख १ हजार भन्दा बढी

एजेन्सी । अमेरिकामा कोराना भाइरस (कोभिड -१९)बाट संक्रमित हुनेको संख्या १ लाख १ हजार २४२ पुगेको छ । सो भाइरसबाट अहिलेसम्म १ हजार ५८८ जनाको मृत्यु भएको छ ।

आज मात्रै ४०२ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । कोरोना भाइरसबाट अमेरिकामा एकैदिनमा भएको यो मृत्युसंख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । हिजो २५३ जनाको मृत्यु भएको थियो ।

यो भाइरसबाट अमेरिकाको ५० वटै राज्यमा फैलिएको सीएनएनको रिपोर्टमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *