चिकित्सक तथा प्राविधिकलाई प्रधानमन्त्री ओलीको आग्रह ‘मानवीय संकटमा एकजुट भएर सामना गरौँ’

180
Shares

काठमाडौँ, १३ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई चिन्तित नभई कोरोना परीक्षण तथा उपचारमा सहभागी आग्रह गरेका छन् । उनले अहिले मौज्दात रहेको सामग्रीबाट काम चलाउँदै गर्न भन्दै थप सामग्री आउने क्रममा रहेको समेत जानकारी दिएका छन् ।

चिकित्सक तथा प्राविधिकहरुले सुरक्षा सामग्री विना उपचार गर्न गाह्रो हुने भन्दै आवाज उठाइरहेका बेला प्रधानमन्त्री ओलीले विहीबार दिउसो ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले ट्वीटमा भनेका छन्, ‘तपाईँहरुकै सिफारिसका आधारमा थप सामग्रीहरु उपलव्ध हुँदैछन् धैर्य गरौँ । प्रधानमन्त्री ओलीले सरकार चिकित्सक तथा प्राविधिकको साथमा रहेको भन्दै कोभिड १९ को मानवीय संकटमा एकजुट भएर सामना गर्न समेत आग्रह गरेका छन् ।

यस्तो छ उनको ट्वीट

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *