चिकित्सक तथा प्राविधिकलाई प्रधानमन्त्री ओलीको आग्रह ‘मानवीय संकटमा एकजुट भएर सामना गरौँ’

काठमाडौँ, १३ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई चिन्तित नभई कोरोना परीक्षण तथा उपचारमा सहभागी आग्रह गरेका छन् । उनले अहिले मौज्दात रहेको सामग्रीबाट काम चलाउँदै गर्न भन्दै थप सामग्री आउने क्रममा रहेको समेत जानकारी दिएका छन् ।

चिकित्सक तथा प्राविधिकहरुले सुरक्षा सामग्री विना उपचार गर्न गाह्रो हुने भन्दै आवाज उठाइरहेका बेला प्रधानमन्त्री ओलीले विहीबार दिउसो ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले ट्वीटमा भनेका छन्, ‘तपाईँहरुकै सिफारिसका आधारमा थप सामग्रीहरु उपलव्ध हुँदैछन् धैर्य गरौँ । प्रधानमन्त्री ओलीले सरकार चिकित्सक तथा प्राविधिकको साथमा रहेको भन्दै कोभिड १९ को मानवीय संकटमा एकजुट भएर सामना गर्न समेत आग्रह गरेका छन् ।

यस्तो छ उनको ट्वीट

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *