विमानस्थलमा हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको आशंका, टेकु अस्पतालमा भर्ना

22.7k
Shares

काठमाडौँ १२ चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा कार्यरत एक जना जनस्वास्थ्य अधिकृत टेकु अस्पतालमा भर्ना भएका छन् । कोरोनाको आशंका गर्दै   मंगलबारबाट उनलाई टेकु अस्पतालको क्वारेन्टाइनमा राखिएको हो ।

‘उहाँ अग्रपंक्तिमै रहेर हवाई यात्रुहरुको स्वास्थ्य परीक्षणमा हुनुहुन्थ्यो । पछिल्लो केही दिन देखि ज्वरो बढ्ने, सुख्खा खोकी लाग्ने पखला लाग्ने, जीउ कमजोर हुने जस्ता लक्षण देखा परयो । त्यसपछि सुरक्षाका लागि टेकु अस्पतालको क्वारेन्टाइनमा राखेर थप परीक्षण अघि बढाउँदै छौँ,’ स्वास्थ्य सेवा विभाग स्रोतले भन्यो ।

अस्पताल स्रोतले उनको नमूना संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा पठाइसके पनि रिपोर्ट आईनसकेको बतायो । अहिले उनको स्वास्थ्य अवस्था सुधार भइरहेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *