विमानस्थलमा हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको आशंका, टेकु अस्पतालमा भर्ना

काठमाडौँ १२ चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा कार्यरत एक जना जनस्वास्थ्य अधिकृत टेकु अस्पतालमा भर्ना भएका छन् । कोरोनाको आशंका गर्दै   मंगलबारबाट उनलाई टेकु अस्पतालको क्वारेन्टाइनमा राखिएको हो ।

‘उहाँ अग्रपंक्तिमै रहेर हवाई यात्रुहरुको स्वास्थ्य परीक्षणमा हुनुहुन्थ्यो । पछिल्लो केही दिन देखि ज्वरो बढ्ने, सुख्खा खोकी लाग्ने पखला लाग्ने, जीउ कमजोर हुने जस्ता लक्षण देखा परयो । त्यसपछि सुरक्षाका लागि टेकु अस्पतालको क्वारेन्टाइनमा राखेर थप परीक्षण अघि बढाउँदै छौँ,’ स्वास्थ्य सेवा विभाग स्रोतले भन्यो ।

अस्पताल स्रोतले उनको नमूना संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा पठाइसके पनि रिपोर्ट आईनसकेको बतायो । अहिले उनको स्वास्थ्य अवस्था सुधार भइरहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *