कोरोनाविरुद्धको लडाइँमा नेपाल एक्लो छैन्, हामी साथमा छौं : चीन

264
Shares

काठमाडौँ, ११ चैत । मित्रराष्ट्र चीनले कोरोना भाइरस (कोभिड – १९) विरुद्धको लडाइँमा नेपाल एक्लो नभएको बताएको छ । उसले यो लडाईमा नेपालाई आफ्नो साथ रहेको समेत स्पष्ट पारेको छ ।

नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेको खबर सार्वजनिक भएकै दिन सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै यस्तो बताएकी हुन् । उनले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि चीनले तत्काल चिकित्सा सामाग्री पठाउन लागेको समेत जानकारी दिएकी छन् ।

सोमबार बेलुका गरेको ट्विटमा उनले भनेकी छन्, ‘हामी नेपालका लागि प्राथना गर्दैछौँ । हाम्रा नेपाली साथीहरुलाई सहयोग पुरयाउन चिकित्सा सामग्रीहरु सकेसम्म मिलाउँदैछौँ । हामी साथमा छौँ ।’

नेपालले यसअघि नै तत्काल आवश्यक पर्ने मेडिकल सामग्रीको लिष्ट परराष्ट मन्त्रालय मार्फत चीन समक्ष पठाएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *