कोरोनाविरुद्धको लडाइँमा नेपाल एक्लो छैन्, हामी साथमा छौं : चीन

काठमाडौँ, ११ चैत । मित्रराष्ट्र चीनले कोरोना भाइरस (कोभिड – १९) विरुद्धको लडाइँमा नेपाल एक्लो नभएको बताएको छ । उसले यो लडाईमा नेपालाई आफ्नो साथ रहेको समेत स्पष्ट पारेको छ ।

नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेको खबर सार्वजनिक भएकै दिन सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै यस्तो बताएकी हुन् । उनले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि चीनले तत्काल चिकित्सा सामाग्री पठाउन लागेको समेत जानकारी दिएकी छन् ।

सोमबार बेलुका गरेको ट्विटमा उनले भनेकी छन्, ‘हामी नेपालका लागि प्राथना गर्दैछौँ । हाम्रा नेपाली साथीहरुलाई सहयोग पुरयाउन चिकित्सा सामग्रीहरु सकेसम्म मिलाउँदैछौँ । हामी साथमा छौँ ।’

नेपालले यसअघि नै तत्काल आवश्यक पर्ने मेडिकल सामग्रीको लिष्ट परराष्ट मन्त्रालय मार्फत चीन समक्ष पठाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *