फ्रान्सबाट आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण, टेकु अस्पतालमा उपचार हुँदै

2.2k
Shares

काठमाडौँ, १० चैत । फ्रान्सबाट नेपाल फर्केकी एक नेपालीलाई कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार (आज) आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संक्रमित महिलालाई टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोगमा उपचार शुरु भएको बताए । उनले भने, ‘संक्रमित महिला १९ बर्षीया नेपाली विद्यार्थी हुन् । उनी गत ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी थिइन । घरमा आएर लक्षण देखा परेपछि उनको परीक्षण गरिएको थियो । सो परीक्षण रिपोर्ट हिजो मात्रै आयो । त्यसपछि हामी उनको उपचार र परिवार र उनीसंगको सम्पर्कमा रहेकाहरुको क्वारेन्टाइन र उपचारमा लागेका छौँ ।’

पत्रकार सम्मेलनमा मन्त्रालयका उच्च अधिकारी र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *