वीरगञ्जका व्यवसायी रुंगाटामा कोरोना भाइरसको संक्रमण देखिएन

556
Shares

काठमाडौँ, ९ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा भारतको पटनास्थित मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटाको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार अबेर उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

यसअघि अस्पतालका चिकित्सकले रुंगटाका परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताएपनि पछिल्लो रिपोर्टको नतिजा नेगेटिभ आएको जानकारी गराएको पटनामा रहेका भतिजा आकाश रुगंटाले बताए ।

यसअघि विभिन्न संचारमाध्यले रुगंटालाई कोरोना भाइरस संक्रमण भएको बताएका थिए । उनीहरुले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी र अस्पतालको स्रोतको हवाला दिदै समाचार प्रकाशित गरेका थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *