वीरगञ्जका व्यवसायी रुंगाटामा कोरोना भाइरसको संक्रमण देखिएन

काठमाडौँ, ९ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा भारतको पटनास्थित मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटाको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार अबेर उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

यसअघि अस्पतालका चिकित्सकले रुंगटाका परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताएपनि पछिल्लो रिपोर्टको नतिजा नेगेटिभ आएको जानकारी गराएको पटनामा रहेका भतिजा आकाश रुगंटाले बताए ।

यसअघि विभिन्न संचारमाध्यले रुगंटालाई कोरोना भाइरस संक्रमण भएको बताएका थिए । उनीहरुले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी र अस्पतालको स्रोतको हवाला दिदै समाचार प्रकाशित गरेका थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *