कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा छात्रबृत्तिका डाक्टर खटाउँदै सरकार

1.1k
Shares

काठमाडौँ, ९ चैत । सरकारले सरकारी छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रबृत्तिमा एमडीएमएस तथा एमबीबीएस अध्ययन गरी स्वास्थ्य संस्थामा खटिएका चिकित्सकलाई सेवा प्रभावित नहुने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटाउने भएको हो ।

मन्त्रालयले सो व्यवस्था मिलाउन सातवटै प्रदेशका मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेको छ । त्यसअघि आइतबार नै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले छात्रबृत्तिका चिकित्सकलाई कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि खटाउने व्यवस्था मिलाउने विषयमा निर्णय गरेका थिए ।

मन्त्रालयले मुख्यमन्त्रीलाई लेखेको पत्रमा प्रदेश अन्तर्गत संलग्न सूचीअनुसार सरकारी छात्रवृत्तिमा अध्ययन गरी अध्ययन पश्चात कार्यरत एमबीबीएस र एमडीरएमएस शैक्षिक योग्यता भएका डाक्टरलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आवश्यकताअनुसार परिचालन गर्न स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्रीहरुलाई पत्र लेखेको छ ।

त्यस्तै हाल मेडिकल कलेजहरुमा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई पनि कोरोना भाइरस संक्रमितको उपचारमा सहयोगीको रुपमा परिचालन गर्न आग्रह गरेको छ ।

यस्तो छ पत्र

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *